कमला र बलान नदीमा पानीको बहाव उच्च, आसपासका गाउँ डुबानमा

रिपोर्ट नेपाल | 2019 Jul 14 | 12:15 am 2391

  • महेश सिंह महतो

सिराहा, असार २८:  लगातारका वर्षाले सिरहा, सप्तरी र धनुषा तराईको कमला नदी र बलान नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च रहेको स्थानीयले जानकारी दिए।

सिरहा, सप्तरी र धनुषा यी तीन जिल्ला जोड्ने कमला नदीमा पानी खतराको सहतभन्दा पनि माथि नाघेको जनाइएको छ । कमलाको पानीमा उच्च बहाब आएपछि आसपासका गाउँहरुमा हाईअलर्ट जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सिरहा र सप्तरी, धनुषामा कमला नदी किनारमा रहेको गाउँहरुमा सतर्कता रहन जारी गर्दै सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।

धनुषाको कमला नगरपालिकाको वडा नं. ४, ५, ६ र ७, सहिदनगर नगरपालिकाको वडा नं. २ बतराहीमा कमलाको पानी पस्ने सम्भावना प्रबल रहेको छ भने सिरहाको, लहान ,नबराजपुर , नहर्निया, कजरा, सोठियाईन, देबनगर, भगवानपुर, सिनुरिया र बसपिटटा, सिरहा, कल्याणपुर, चतरी, पर्साही, फुलबरिया लगायतका गाउँहरुमा समेत खतराको संकेत देखिएको जनाइएको छ ।दुबै जिल्लाका प्रशासनले उक्त क्षेत्रहरुमा हाईअलर्ट जारी गर्दै सुरक्षित स्थान खोज्न आग्रह गरेको हो ।

बलान खोला र खुटी खोलामा पानीको बहाव निरन्तर उच्च हुँदै गएकोले पानी अहिले खतराको सहतभन्दा माथि आएको देखिन्छ ।

विभागले कमला नदी धनुषा तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तह भन्दा ज्यादै माथि पुगेको र वर्षा नरोकीएकोले धनुषा र सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्रमा रहनु हुनेहरू सुरक्षित स्थानमा बस्न जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.