कमलादीबाट १५ किलो सुन बरामद

रिपोर्ट नेपाल | 2020 Jul 28 | 12:12 pm 2097

काठमाडाैं, साउन १३ः मंगलबार काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको बताएकाे छ ।

सुन कसरी भित्रियो भन्ने विषयमा प्रहरी विस्तृत अनुसन्धानपछि मात्र जानकारी दिन सकिने बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.