कबिता – पृय दृश्य
तिम्रो म हुन खोज्दा,
मेरो म कहाँ हरायो पृय दृश्य ?
तिमि हिडेदेखि,
म आजकल मेरो म खोजिरहेछु
भन दृश्य, मेरो म कहाँ हरायो ??
आफुलाई भुलेर दिएको साथ,
तिम्रो प्रगतिको लागि थामिदिएको हात,
लत्याएर भागेदेखि
आजकल तिम्रो म हैन ,
मेरो म खोजिरहेछु
भन दृश्य,मेरो म कँहा हरायो ?
तिमि नहुदा शास रोकिन्छ भन्थ्यौँ ,
खस्छन आशु , गाँस रोकिन्छ भन्थ्यौँ ,
बेमान ! तिम्ले त शासलाई धोका दियौ !
तिम्रो धोकापछि
भन दृश्य,मेरो म कहाँ हरायो ?
तिम्रो म थिए तिम्रै खुसिमा,
तिम्रो म रहिन तिम्रै खुसिमा,
तिम्रो म नभएपछि
भन दृश्य ,मेरो म कहाँ हरायो?
मन लुटेर भागेकि दृश्य तिमि
धर्ति छोडि आकाश रोजेकि दृश्य तिमि
तिमिले आकाश रोजेपछि
भन दृश्य, मेरो म कहा हरायो ?
संसार जित्यौ कि ? आकाश छोयौ कि ?
सम्झेर पो रोयौ कि ? त्यसो त के होला !
तिम्रो खबर जे होला ?
तिमिले बेमान गरेपछि
भन पृय दृश्य मेरो म कहाँ हरायो ?
सुर्य प्रसाद खनाल, गुल्मी