कपिलवस्तु, मङ्सिर १०ः कपिलवस्तु–२ मा कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य ३१७ मतान्तरले विजयी भएका छन् । उनले एमालेका बृजेश कुमार गुप्तालाई पराजित गर्दै विजयी भएका हुन् ।
कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री समेत रहेका आचार्यले ३९ हजार १४ मत प्राप्त गरेका थिए । गुप्ताले ३८ हजार ६९७ मत पाएका थिए । अपराजित भई पाँच पटक निर्वाचित गुप्ता पहिलो पटक पराजित भएका छन् ।