कपिलवस्तु, भदौ २५ : पछिल्लो समय अपराधका घटना जताततै बढ्दै गइरहेको बेला जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी मनोज कुमार यादवले कपिलवस्तु अपराधमुक्त बनाउने प्रतिबद्धता गरेका छन् ।
पत्रकारसँग कुराकानी गर्दै कपितबस्तुलाई अपराभमुक्त बनाउने पहिलो प्राथमिकता रहेको उनले बताए । उनले भने, ‘तस्कर , माफिया, गुण्डागर्दी, नदीजन्य पदार्थको ओसारपसार तथा भन सार सुरक्षा मेरो पहिलो प्राथमिकता हो, मेरो मिसन नै अपराधमुक्त कपिलवस्तु हो।’
गुण्डागर्दी र तस्करीलाई निर्मूल पार्ने पनि उनले बताए । यदवले भने, ‘संगठित वा व्यकितगत कुनै पनि प्रकारको गुण्डागर्दी हामीलाई सैह्य छैन । हाम्रो टिम एक्सनमा जान्छ, गुण्डा तस्कर तथा माफियाहरूको भागाभाग हुन्छ ।’ कानुन पालना गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने र अपराधमुक्त गराउन इन्काउन्टर समेत हुनसक्ने एसपी यादवले बताए ।
ऐतिहासिक सहर कपिलवस्तु धार्मिक हिसाबले पनि महत्त्वपूर्ण रहेको भन्दै यादवले जातीय तथा धार्मिक सहिष्णुता कायम गर्न आफूहरू दत्तचित्त भएर लागिपरेको बताए । हिन्दुहरूका महान चाडपर्वहरू नजिकिँदै गरेको सवालमा कुनै शङ्कास्पद घटना भए वा हुन सक्ने सम्भावना भएको सूचना पाए पाँच मिनेटमा नै प्रहरी घटनातर्फ लाग्ने बताए ।
नेपाल भारत खुल्ला सिमानाको फाइदा उठाउँदै मानव तस्करहरूले मानव बेचबिखन गर्नेकार्यका लागि सीमा प्रयोग गर्न सक्ने भन्दै त्यसको रोकथामका लागि कडाइ गरिएको बताए । यादवले भने, ‘कुनै पिन व्यक्तिले मलाई डाइरेक्ट भेट्न सक्छ।’ जिल्ला प्रहरी कार्यालय सबै सर्वसाधारणहरूका लागी भएको दाबी गर्दे मुस्कान सहितको प्रहरी सेवा आफूहरूले दिने यादवको दाबी छ ।