कपिलवस्तुमा बुवाको कुटाइबाट ५ वर्षे छोराको मृत्यु

रिपोर्ट नेपाल | 2022 May 20 | 02:26 pm 2145

कपिलवस्तु, जेठ ६ः जिल्लाको बाणगंगा नगरपालिका–५ मा रक्सीले मातेका बुवाको कुटाइबाट ५ बर्षे छोराको मृत्यु भएको छ।

बाणगंगा नगरपालिका वडा नं. ५ सिमलखोरस्थित २६ बर्षे लक्ष्मण कोहारले ५ बर्षे झड्केलो छोरा आशिष कुमाललाई रक्सी खाई कुटपिट गर्दा उनको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय पिपराका अनुसार घाइते बालकको उपचारको क्रममा ज्यान गएको हो। प्रहरी निरीक्षक दिपकबाबु केसीका अनुसार रक्सी खाई कोहारले छोरा आशिषलाई पटकपटक कुटेर  घाइते पारेका थिए।

उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल जितपुर लैजाने क्रममा मृत्यु भएको हो। बुधबार राति बाबुले छोरालाई कुटपिट गरेका थिए। बालक बाणगंगा नगरपालिका वडा नं. ८ स्थित मामाघरमा बस्दै थिए। केही दिनअघि आमासँग उनी  सिमलखोर गएका थिए। अभियुक्त बाबुलाई इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिई आवश्यक कार्वाही प्रक्रिया थालेको प्रहरी निरीक्षक केसीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.