कपिलवस्तु, भदाै १७ः करेन्ट लागेर कपिलवस्तुमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कृष्णनगर नगरपालिका–९ बवनपुरवाकी १७ वर्षीया कैलासी कोरी रहेको छ ।
उनकाे गएराति करेन्ट लागेर मृत्यु भएको हो । टेवल पङ्खा जोड्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर उनी गम्भीर भएकी थिइन् । घाइते भएकी उनको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगञ्जमा मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।