कपिलवस्तु, मंसिर २८ः गएराति कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको हत्या भएको छ । हत्या हुनेमा चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्का रहेकी छन् ।
उनकाे टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी विभत्स तरिकाले हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए ।
हत्याको आङ्शकामा प्रहरीले डेरामा सुशीलासँगै बस्ने भतिज तारणबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ । महिलाको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको प्रहरी निरीक्षक खरेलले बताए ।