कपिलवस्तको गोरुसिंगेमा धारिलो हतियार प्रहार गरी एकको हत्या

रिपोर्ट नेपाल | 2019 Nov 30 | 02:40 pm 2362

कपिलवस्तु, मंसिर १४: अर्घाखाँची जिल्लाको अर्घा चप्रुङबाट बसाइँसराइ गरी कपिलवस्‍तु बुद्धभूमि २ गोरुसिंगे बस्दै आएका एक जानका हत्या भएको छ ।

हत्या हुनेमा ५० वर्षीय धनराज पौडेल रहेको प्रहरीले जानकारी दिए। शुक्रबार साँझ उनी हराएको भन्ने प्रहरीमा सूचना भएपछि उनलाई खोज्ने क्रममा आफ्नै कोठामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर फालेको अवस्थामा फेला परेको प्रहरीले जनाए ।

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक सुवास खडकाले बताए। घटनाबारे सत्यतथ्य पत्ता लगाउन अहिले प्रहरीले मृतकको आफन्त, छरछिमेकसँग सोधपुछ गरिरहेको जनाएको छ। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको बुझिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.