काठमाडौं, पुस १९ : काठमाडौंको सतुंगलस्थित एक कपास उद्योगमा आगलागी भएको छ । आगलागी भएकाे ठाउँमा छ वटा बरुणयन्त्रले आगाे निभाउने प्रयास जारी ।
आगो निभाउन नसक्दा अर्काे बाल कुमारी कपास उद्याेगमा पनि आगलागी भएको छ । वरपर रहेको बस्ति पनि जोखिममा परेकाे स्रोतले जनाएको छ ।
आगो नियन्त्रणका लागि प्रहरी, सेना, स्थानीयबासीले प्रयास गररहेको जनाएको छ । आगलागीको कारण बारेमा विस्तृत विवरण आउन भने बाँकी रहेको छ । समाचार अपडेट