कपडा व्यवसायी पौडेलको हत्या विरोधमा बजार बन्द

रिपोर्ट नेपाल | 2018 Sep 13 | 07:06 pm 2313

भद्रपुर,भदौ २८  : दमकका कपडा व्यवसायी खेमराज पौडेलको हत्या विरोधमा दुई दिनदेखि गौरीगञ्ज बजार बन्द भएको छ ।

उद्योग वाणिज्य सङ्घ गौरीगञ्जले दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दैै बुधबार र बिहीबार बजार बन्द गराएको हो । गौरीगञ्ज गाउँपालिका–६ बस्ने सद्वाम हुसेनले व्यवसायी खेमराज पौडेललाई भदौ २६ गते सोमबार हत्या गरेका थिए ।

हुसेनलाई जिल्ला प्रहरी कार्यालय झापाले हिरासतमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । दमक उद्योग वाणिज्य सङ्घले पनि पौडेलेको हत्या विरोधमा आज मौन जुलुस प्रदर्शन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.