कति बढ्यो डिजेल, पेट्रोल, मट्टितेल र ग्यासको मूल्‍य?

| 2018 Sep 06 | 06:32 am 1588

काठमाडौं, भदौ २१: नेपाल आयल निगमले बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकोले स्वचालित मूल्य प्रणालिअनुसार नेपाल आयल निगमले समेत मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोईतले जानकारी दिएका छन्।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु १ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३ बढाउने निर्णय गरेको हो। यस्तै खाना पकाउने ग्यासको भाउ प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाउने निर्णय भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

भाउ बढेसँगै अब उपभोक्ताले पेट्रोल प्रतिलिटर रु १ सय १२, डिजेल तथा मट्टीतेल प्रतिलिटर रु ९८ र ग्यास प्रति सिलिन्डर रु र १ हजार ४ सय रुपैयाँ तिर्नुपर्ने भएको छ ।

समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर ०.३६, डिजेलमा प्रतिलिटर ०.४९ र एलपि ग्याँसमा प्रतिसिलिण्डर ३०९.७९ रुपैयाँ घाटा हुने निगमले जानकारी गराएको छ। अझै पनि समग्रमा निगमलाई अगामी पाक्षिक(१५ दिनको अबधिमा) करीब ११ करोड १५ लाख रुपैयाँ घाटा हुने भएको प्रवत्ता गोईतको भनाइ छ

यद्यपि अहिलेको मूल्य समायोजन पश्चात पनि भारतको रक्सौलभन्दा नेपालको वीरगंजतर्फको सीमा मूल्यमा पेट्रोलमा २५.७७ र डिजेलमा २५.५० रुपैयाँले नेपालतर्फ सस्तो कायम हुने प्रवक्ता गोईतको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.