काठमाडाैं, बैशाख १२ः कतारले विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई काेराेना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै आममाफी दिएको छ ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
उक्त घोषणासँगै १७ नेपालीले आममाफी पाएका छन् । आममाफीपछि कतारको बन्दी गृहमा रहेका उनीहरुकाे रिहाइ हुने बताइएकाे छ । लागूऔषध कारोवारजन्य कसूरमा सजाय भोग्दै आएका १३, चोरी दुई तथा मादक पदार्थ कारोबार र ठगीको कसूरमा सजाय भुक्तान गरिरहेका एक/एक नेपाली रिहा हुनेछन् ।