ललितपुर, फागुन ११ : ललितपुर महानगरपालिका–४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि शुक्रबार साँझ शक्तिशाली बम बिस्फोट भएपछि शनिबार बिहानैदेखि एनसेल मुख्यालयमा सुरक्षा सर्तकता बढाइएको हो।
घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक मात्रामा परिचालन गरिएको छ । सर्वसाधारण बम बिस्फोट भएको स्थानलाई अभिरुचि राखेर नियालिरहेका छन् ।
बम बिस्फोटका कारण वरपरका घरका सिसाहरु फुटेका छन् । घटनापछि पनि सो क्षेत्रका वासिन्दा त्रसित छन् ।
बम बिस्फोटबाट फुटेका झ्यालका सिसा यत्रतत्र छरपष्ट अवस्थामा देखिन्थ्यो । छरपष्ट अवस्थामा सडकमा रहेको सिसाका टुक्रा ब्रुमरले हटाउने काम गरिरहेको छ ।
यस्तै सो बिस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको परिचय भने खुलाइएको छैन् ।