कटुवा पेस्तोल सहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 21 | 06:04 pm 1619

सर्लाही, असोज ४ शनिबार अवैध हतियार पेस्ताेलसहित दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका-५ मेजरगंजका ३० वर्षीय राजेश महतो रहेका छन् । उनलाई प्रहरीले कटुवा पेस्तोल १ थान सहित पक्राउ गरेको हाे।

ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले लालबन्दी नगरपालिका-५ मेजरगंजस्थित सडकमा लालबन्दीतर्फ आउँदै गरेको बिआर ०६ एजे ०८०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक महतोले मोटरसाइकल छोडी धान खेतमा हामफाली फरार भएको र उनले कम्मरमा भिरेको पानी बर्षादी फेलापारी तलासी गर्दा उक्त पेस्तोल बरामद भएको थियो ।

फरार भएका  महतोलाई लालबन्दी नगरपालिका-७ बजारबाट फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा निज महतोसँगै आएका ना.६ प २३९२ नम्बरका मोटरसाइकल चालक लालबन्दी नगरपालिका-५ मेजरगंज ४० वर्षीय सोनालाल ठाकुर समेतलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.