कटुवा पेस्तोल र गोली सहित पक्राउ

| 2023 Jan 18 | 06:22 pm 1969

सर्लाही, माघ ४ः ईश्वरपुर नगरपालिका-६ बयलबास बजारबाट कटुवा पेस्तोल १ थान र सो पेस्तोलमा लाग्ने १ थान गोली सहित ईश्वरपुर नगरपालिका-५ नरेशखोर बस्ने २२ वर्षीय संजित कुमार महतोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय केशरगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.