कटुवा पेस्तोल तथा नियन्त्रित लागूऔषध सहित राई पक्राउ

रिपोर्ट नेपाल | 2022 Jun 15 | 08:33 pm 1405

सुनसरी, बराहाक्षेत्र नगरपालिका-३ बस्ने १९ वर्षीय रोहित राईलाई १ थान कटुवा पेस्तोल, १ थान खोका, नियन्त्रित लागूऔषध १० थान डाईजापाम, १० ट्याब्लेट नाईट्रोजन, ३ हजार ३७५ पिस ट्रामाडोल र १ थान साइककल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कोशी गाउँपालिका-२ झाङ्गर टोलस्थित घरको बरण्डाको बाहिर रहेको खाटमा अपरिचित मान्छे सुतिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले रोहितलाई फेला पारी निजले प्रयोग गरेको साईकलबाट उक्त पेस्तोल तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

दुबई पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, दुबई पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मुगु खत्याड गाउँपालिका-११ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका  मुलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई  दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं सिफलस्थित भिजन मल्टिपर्पोज प्रालिका संचालक कार्कीले दुबई (युएई)मा जानको लागि ७ लाख रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस गार्डको काम लगाइदिन्छु मासिक १ लाख तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट ७ लाख रूपैयाँ रकम लिई सम्पर्क विहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौ पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.