पर्सा, चैत १२ः कटुवा पेस्तोलसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ सिर्सिया निवासी २७ वर्षीय दीपेन्द्र साह र २३ वर्षीय सनोज गुप्ता रहेका छन् ।
उनीहरूलाई प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त गस्ती टोलीले जिल्लाको वीरगञ्ज महानगरपालिका–१३ श्रीपुरस्थित हुलाकी सडकबाट पक्राउ गरेकाे हाे ।
हिँडिरहेका दुबै जनालाई शंका लागि खानतलासी गर्दा उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका अभियुक्तहरूलाई थप कारबाहीका लागि प्रहरी हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको जनाइएकाे छ ।