कटुवा पेस्ताेलसहित चाैधरी पक्राउ

रिपोर्ट नेपाल | 2020 Sep 07 | 03:18 pm 2726

कञ्चनपुर, भदौ २२ः सोमबार बिहान कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका १० मा कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेलौरी नगरपालिका १० भुडा सिमावर्ती क्षेत्रका  २४ वर्षीय खुसीराम चौधरी रहेका छन् ।

चौधरीको साथबाट एकनाल कटुवा पेस्तोल र पेस्तोलमा प्रयोगहुने २ राउण्ड गोली समेत बरामद गरिएको सशस्त्र प्रहरी बलका सहायक निरीक्षक राजेन्द्र भट्टले बताए ।

सशस्त्र प्रहरी बल बेश क्याम्प भुडाबाट प्रहरी सहायक निरीक्षक भट्टको कमान्डमा खटिएको गस्ती टोलीले चौधरीलाई पक्राउ गरेको हो । त्यस सम्बन्धि थप अनुसन्धान भइरहेको समेत उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.