उदयपुर, मंसिर ३: सोमबार साँझ जिल्लाको कटारी नगरपालिका ३ देवीधापका एक ३ वर्षीया बालिकालाई मोटरसाइकलले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ ।
स ९ प २०७ नम्बरको मोटरसाइकलको ठक्करबाट बर्मलाल अधिकारीकी ३ वर्षीया छोरी जिज्ञासा अधिकारीको मृत्यु भएको प्रहरीले जानकारी दिए ।
प्रहरीका अनुसार मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा (आज) मंगलबार बिहान ४ः३० बजे मृत्यु भएको बताइएको छ ।
बालिकालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको बुझिएको छ ।