कञ्‍चनपुरमा प्रदर्शनकारीको ढुंगा लागेर महिला प्रहरी घाइते

रिपोर्ट नेपाल | 2018 Jul 20 | 07:59 am 2112

कञ्चनपुर, साउन ४ : आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत महिला प्रहरी जवान नन्दा कुँवर घाइते भएकी छन्।

बिहीबार अटोरिक्सा चालक समूह र नेपाल विद्यार्थी संघ कञ्चनपुरले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्न खोज्दा सडक खोल्ने क्रममा भएको झडपमा परी कुँवर घाइते भएकी हुन्।

घाइते कँुवरको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि साँझ अबेर थप उपचारका लागि नेपाल प्रहरी अस्पताल काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

महेन्द्रनगरदेखि झोलुंगे पुलसम्म जाने ई—रिक्सामा नगरपालिकाले लगाएको शुल्कको विरोधमा अटोरिक्सा चालक र नेपाल विद्यार्थी संघले चक्काजाम गर्न खोजेको प्रहरीको भनाइ रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.