कञ्चनपुर घटनाबारे छानबिन समिति गठन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

रिपोर्ट नेपाल | 2018 Aug 23 | 03:15 pm 2158

 काठमाडौं,  भदौ ७ :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरमा भइरहेको आन्दोलनलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै छानबिन समिति गठन गर्ने तयारी गरिएको बताएका छन् ।

बिहीबार प्रदेश नं. ७ का सांसद् लगायतले कञ्चनपुर घटनाबारे न्यायिक आयोग वा उच्च स्तरीय समितिले गठन हुनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्री थापाले छानबिन समिति गठन गर्ने सरकारको तयारी रहेको बताएका हुन् ।

उनीहरुले बुझाएको ज्ञापन पत्रमा घटनाको सत्यतथ्य छानबिनको माग गर्दै जनताको शान्तिपूर्ण आन्दोलनमा भइरहेको प्रशासनिक हस्पक्षेप रोक्न समेत आग्रह गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.