कञ्चनपुरमा १० वर्षे बालकद्वारा ६ वर्षीया बालिका विद्यालयमै बलात्कृत !

| 2018 Sep 21 | 06:32 am 2390

कञ्‍चनपुर, असोज ५: कविता विष्ट) र १३ वर्षीया बालिका (निर्मला पन्त) बलात्कार पछि हत्या र र ६ वर्षीया दुर्इ बालिका बलात्कार भएको घटना सेलाउन नपाउँदै फेरि कञ्चनपुरमा एक छात्रा (बालिका) बलात्कृत भएकी छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ की ६ वर्षीया बालिका बिहीबार विद्यालयमै बलात्कृत भएकी हुन् । कालिका मावि कक्षा २ मा अध्ययनरत बालिका विद्यालयको टिफिन समयमा बलात्कृत भएकी हुन् ।

कक्षा कोठामै बलात्कार भएको पीडित बालिकाको परिवारले बताए । बालिकाकी आमाले छोरी दिउँसो १ बजेतिर विद्यालयबाट घर आएको बताइन् । ‘छोरी घरआएपछि भात खाइन् । भात खाएपछि सुतिन्,’ आमाले भनिन्,‘छोरीले पोल्यो भन्न थालेपछि छोरीका कपडा खोलेर हेर्दा यौनीबाट रगत बगेको देखेपछि सोधेँ ।’ साथीको दाईले लडाएर बलात्कार गरेको छोरीले बताएपछि घटना थाहा पाएको आमाले बताइन् ।

आमाले प्रहरीलाई खबर गरेलगत्तै प्रहरीले बिहीबारै घटनामा संलग्न सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत १० वर्षीय बालकलाई पक्राउ गरेको छ । बालिकालाई साँझ करिब ६ बजे महाकाली अञ्चल अस्पताल लगिएको छ ।

विद्यालयका प्रधानाध्यापक दीपेन्द्र चौधरीले विद्यालयमा घटना घटेको हो वा हैन भन्ने विषयमा आफूलाई थाहा नभएको बताए । बिहान ७ बजेदेखि विद्यालय लाग्ने र साढे १२ बजे सकिने भएकाले घटना विद्यालय बाहिर भएको हुन सक्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बालिकाको बयान अनुसारका सिंहलाई पक्राउ गरिएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख कुँवेर कडायतले मेडिकल रिर्पोटअनुसार घटना बारे विस्तृतमा खुल्ने बताए । नाबालाकको हकमा अभिभावकको जिम्मा लगाएर वा बाल सुधारगृहमा राखेर पनि कारबाही अघि बढाउन सकिने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.