कञ्चनपुरमा चट्याङ लागेर एककाे मृत्यु एक घाइते

रिपोर्ट नेपाल | 2021 Jul 11 | 01:46 pm 2781

कञ्चनपुर, असार २७ः आइतबार बिहान चट्याङ लागेर कञ्चनपुरमा एकजनाको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन् । मृत्यु हुनेमा भीमदत्त नगरपालिका ९ मटैनाका ५३ वर्षीया पुरुष वीर महरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेका अनुसार घरको बरन्डामा बसेका बेला बिहान ७ बजेतिर चट्याङ लागेर उनको मृत्यु भएको हो ।

यस्तै मृतकका १८ वर्षीय छोरा लालसिंह महरा चट्याङ लागेर घाइते भएका छन् । उनको महाकाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.