कञ्चनपुर, भदौ ३० : निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना चर्किरहेका बेला अर्कि एक महिलाको शव फेला परेको छ । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार जिल्लाको भिमदत्त नगरपालिका २ को मोहलिया भन्ने ठाँउमा एक अज्ञात महिलाको शव फेला परेको छ ।
महेन्द्र राजमार्गको १ किलो मिटर उत्तर नहरमा ति महिलाको शव फेला परेको हो । स्थानियले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानियको सूचना पाए लगत्तै प्रहरी घटना स्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।