कञ्चनपुर, भदौ १२ : स्थानीय प्रशासनद्वारा कञ्चनपुरको महेन्द्रनगरमा पुनः कर्फ्यु जारी गरेको छ । कर्फ्यु मंगलबार राती ८ बजेबाट भोलि बिहान ५ बजेसम्मका लागि स्थानीय प्रशासन पुनः कर्फ्यु जारी गरेको हो ।
गत शुक्रबार १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक हत्यारालाई सार्वजनिकको माग गर्दै प्रदर्शनमा उत्रिएका एक जनाको ज्यान जाने गरी भएको घटनापछि अनिश्चितकालिन रूपमा कर्फ्यु जारी गरिएको थियो ।