काठमाडौं, साउन १७: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले पहिलोपटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हो। गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए।
आशिंकतर्फ ३५ दशमलव २ प्रतिशत उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय ७५ उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ। परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक भएको हो।
यो वर्ष पहिलोपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गर्न गरिएको छ।
(results -Space_ Symbol number) टाइप गरी ३५००१ मा एसएमएस पठाएर नतिजा थाहा पाउन सकिनेछ। एउटा विषयमा डी प्लस वा त्यो भन्दा तल आएमा ग्रेड बृद्धिको परीक्षा दिन सक्ने छन्। परीक्षा भाद्र १६ मा हुनेछ । नतिजामा चित्त नबुझेमा पुनर्योग र उत्तरपुस्तिका हेर्न सकिन ब्यवस्था समेत मिलाएको बोर्डले जनाएको छ ।
नजिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
- http://www.neb.gov.np/
- http://hseb.edusanjal.com/
- http://neb.ntc.net.np/