कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

रिपोर्ट नेपाल | 2022 Dec 19 | 02:12 pm 1221

काठमाडाैं, पुस ४ः संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत UN Mission हरुमा खट्टिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेको छ ।

सोही क्रममा, मिति २०७९ पुस ३ गते UNITED NATIONS ORGANIZATION STABILIZATION MISSION IN DEMOCRATIC REPUBLIC OF CONGO (MONUSCO), कंगोमा तैनाथ श्री फष्ट राईफल गण (शान्ति सेना) २८ औं डफ्फालाई बदली गर्नको लागि श्री नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फाको पहिलो टोलीका २६७ जना नेपाली शान्ति सैनिकहरु प्रमुख सेनानी गोविन्द भुजेलको नेतृत्वमा Nepal Airlines मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

साथै, उक्त मिशनमा तैनाथ श्री फष्ट राईफल गण (शान्ति सेना) २८ औं डफ्फाको पहिलो टोलीका २५५ जना नेपाली शान्ति सैनिकहरु सेनानी डम्बर सिंह ठकुरीको नेतृत्वमा मिति २०७९ पुस ५ गते स्वदेश आगमन हुने कार्यक्रम रहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.