ओहाे पैसा !

रिपोर्ट नेपाल | 2023 Aug 14 | 01:10 pm 7793

– अर्पणा खड्का

ओहाे पैसा !
कति महान् ,
ओहाे पैसा कति शक्तिशाली ,
कति अमृतयाेग्य
ओहाे पैसा !!
कति धर्मात्मी ,
कति सभ्य
ओहाे पैसा !!!
कति बैगुनी वैरागी
कति निर्दयी , निष्ठुरी

ओहाे पैसा !!
कति अपराधी
कति पापी
कति अहंकारी
कति दुष्ट
हाय पैसा !
तिमीमा त्याे ताकत छ तिमीले चाहाँदा
सुन पित्तल हुन्छ ,
बिष अमृत हुन्छ ,
दास भक्त हुन्छ
दुर्जन सज्जन हुन्छ ।
हाय पैसा तिमीले आट्दा
कालाे सेताे हुन्छ
घर बदनाम हुन्छ
समय बेखबर हुन्छ ,
स्वर्ग नर्क हुन्छ ,
बसन्त उजाड हुन्छ ,
भैगाे अरु भन्दिन ।
हाय पैसा !ओहाे पैसा !
तिमीमा त्याे पावर छ रैती राजा हुन्छ ।
तिम्राे पछि लाग्ने मान्छे
नैतिकता हराएकाे,
लाज पचाएकाे,
अरु पनि …
हाई पैसा संसारलाई लाेभ माेह काम क्राेध वासना पैदा गर्ने तिमी
कति बलिष्ट ?
कति महान ?
कति धर्मात्मी ?
कति अपराधी ?
कति सज्जन ?
ओहाे पैसा !!!

२०८०/४/२९

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.