ओली सरकार विरुद्ध कांग्रेसले तीन लाख कार्यकर्ता सडकमा उतार्दै

| 2018 Jul 30 | 04:33 pm 2050

काठमाडौं, साउन १४ : केपी शर्मा ओली नेतृत्वको सरकारका गतिविधिको विरोध गर्दै नेपाली कांग्रेसले मंगलबार तीन लाख कार्यकर्ता सडकमा उर्ताने भएको छ । सरकार अधिनायकवादी शैलीबाट अघि बढेको भन्दै कांग्रेसले देशभरका सडकमा कार्यकर्तालार्इ उर्तान लागेको हो।

सरकारले पछिल्लो समय अधिनायकवादी शैली अपनाएको भन्दै कांग्रेसले दबाब स्वरूप विरोध गर्न लागेको हो। विरोध प्रदर्शनमा कांग्रेसले देशभर तीन लाख लाख बढी कार्यकर्ता सडकमा उतार्ने योजना बनाएको छ।

यसका लागि कांग्रेसले ७७ वटै जिल्लाका सभापतिलाई तयारीको जिम्मा दिएको थियो। सबै जिल्ला सदरमुकाममा व्यापक गप्रदर्शनर्ने कांग्रेसले जनाएको छ। यो आन्दोलनको सुरुवात भएकाले उत्साहपूर्वक कार्यकर्ताको सहभागिता रहने कांग्रसले जनाएको छ।

विरोधका लागि पार्टीका केन्द्रीय नेताहरू पनि विभिन्न जिल्ला जाने भएका छन्। सभापति शेरबहादुर देउवाको हालसम्म कुनै जिल्ला जाने कार्यक्रम तय भइसकेको छैन।

वरिष्ठ नेता रामचन्द्र पौडेल विरोध प्रदर्शनमा सहभागी हुनका लागि गृहजिल्ला तनहुँ जाने कार्यक्रम छ। यस्तै, पार्टी नेता कृष्णसिटौला पनि गृहजिल्ला झापा गएका छन्। यस्तै अन्य केन्द्रीय सदस्यहरू पनि आफूलाई पायक पर्ने जिल्लाका प्रदर्शनमा सहभागी हुने छन्।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टीले कहीँ खटाएको छैन । प्रवक्ता शर्माले भने, ‘तर धेरै नेताहरू विभिन्न जिल्लामा जानुहुन्छ। उहाँहरूले जिल्लामा हुने प्रदर्शनलाई सम्बोधन गरेर कार्यकर्तालाई हौसाला दिनुहुनेछ।’

तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले पनि मंगलबार हुने देशव्यापी प्रदर्शनमा नेपालभरका तरुण दलका जिल्ला कार्यसमितिलाई उत्शाहजनक रूपमा सहभागिता जनाउन निर्देशन दिएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.