ओलीलार्इ भेटेर देउवाले भने, ‘सरकारले डा केसीलार्इ वेवास्ता गरे थप आन्दोलन गर्छौं’

| 2018 Jul 22 | 06:24 am 1801

काठमाडौं, साउन ६: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन्।

सभापति देउवाले शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवाले डा केसीलार्इ वेवास्ता र शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको त्यस्तै व्यवहार रहे अझ कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

सो भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चासो व्यक्त गर्दै आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै विद्यमान समस्याको समाधान भएको बताएको विज्ञप्तिमा उल्लेख छ ।

यदि सरकारले मनपरी ढंगले ल्याउन खोजेको विधेयक पुनः अघि बढाए संसद र सडक दुवै ठाउँबाट कडा प्रतिवाद गरिने चेतावनी पनि उनले दिएको उल्लेख छ।
कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओली बीचको भेटवार्ता बारे

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.