ओरालो लागेको शेयर बजार सोमबार दोहोरो अंकले बढ्यो

रिपोर्ट नेपाल | 2018 Jul 23 | 06:15 pm 2829

काठमाडौँ, साउन ७ : गत केहि दिन देखि लगातार ओरालो लाग्दै आएको शेयर बजार आज सोमबार भने दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.८४ बिन्दुले बढेर एक हजार १९४ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.४६ बिन्दुले बढेर २५१.३२ बिन्दुमा पुगेको छ ।

सोमबार कूल १५७ कम्पनीको छ लाख ५८ हजार २९२ कित्ता शेयर रु १८ करोड ६५ लाख २६ हजार ५३५ मूल्यमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक बढे पनि कारोवार रकममा कमी आएको छ । आइतबार रु २१ करोड १२ लाख १३ हजार ८२८ मूल्यमा खरिद बिक्री भएको थियो ।

स्टकका अनुसार बैंकिङ ८.०६, होटल शून्य, विकास बैंक १५.८८, जलविद्युत् १९.०१, वित्त १.८, निर्जीवन बीमा १३३.५१, उत्पादन १०.९१, अन्य ९.६३, माइक्रोफाइनान्स ३५.४५ र बीमा ५४.८६ बिन्दुले बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.