‘ओमिक्रोन भाइरस’सँग नडराउन डब्ल्यूएचओको सुझाव

| 2021 Dec 04 | 12:47 pm 2985

काठमाडौं, मंसिर १८ः कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग नडराउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले शुक्रवार एक कार्यक ममा बोल्दै उनले केही फरक किसिमको भेरियन्ट फैलिएपनि नडराउन बरु सतर्क रहन आग्रह गरिन् ।

बीबीसीका अनुसार हालसम्म कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका ४० राष्ट्रहरुमा फैलिसकेको अवस्था छ । यसको संक्रमण नेपालकै छिमेकी मुलुकहरु भारत र श्रीलङ्कामा पनि पाइएको छ । यद्यपि नेपालमा भने पाइएको छैन । दक्षिण अफ्रिकाबाट फैलिएको नयाँ प्रकारको भेरियन्टका कारण विश्वमा फेरि चिन्ता बढेको छ ।

यसले कोरोना भाइरसबिरुद्धको प्रतिपादित खोपहरुले काम नगर्ने भन्ने भनाइहरु पनि आउँदैछन् । तर यसको पुष्टि भने कतै हुनसकेको छैन । नयाँ ​भेरियन्टको कोरोनाका कारण जापान, अष्ट्रेलिया र भारत जस्ता ठूला मुलुकहरुले पनि अन्तर्राष्ट्रिय सीमाहरु बन्द गरिसकेका छन् ।

अन्तराष्ट्रिय समाचार माध्यमहरुले भने नयाँ भेरियन्टको ओमिक्रोनले ठूलो प्रभाव पार्ने बताउदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.