ओखलढुङगा, पुस २२ः जिल्लाको सुनकोशी गाउँपालिका ३ स्थित सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
गएराति साढे १० बजे बा ६५प ७४७३ नम्बरको मोटरसाइकल मानेभञ्ज्याङबाट सुनकोशी गाउँपालिकाको बलखुतर्फ जानेक्रममा दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय शेरबहादुर मगरको मृत्यु भएको हो।
मोटरसाइकल अनियन्त्रित भई करिब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
घटनाबारेमा जानकारी पाउनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ।