काठमाडौं, भदौ १२: ओक्सिडेन्टल स्कूलको खेलमैदान पछाडपट्टीको धोवी खोला किनारमा वेवारिसे शव फेला परेको छ।
मंगलबार बिहानै उक्त शव देखेपछि स्थानीयले प्रहरीलार्इ खबर गरेका हुन्। अत्यधिक मदिरा सेवन गरेको र उनको साथमा भेटिएका सामानको प्रकृति हेर्दा मानसिक सन्तुलनसमेत गुमाएको व्यक्ति हुनसक्ने प्रहरीको अनुमान छ।
घटनाको मुचुल्का भइसकेको र पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगंज पठाउने सिंहदरबार वृतका प्रहरी नायब उपरीक्षक काजी कुमार आचार्यले रिपोर्ट नेपाललार्इ बताएका छन्।