ए’ डिभिजन लिग : जावलाखेलसँ हिमालयन २-१ गोलले पराजित

रिपोर्ट नेपाल | 2018 Nov 24 | 05:33 pm 1917

काठमाडौं, मंसिर ८ : पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा हिमालय सेर्पाले जित हात पारेको छ। जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गर्दै हिमालयन शेर्पा विजय भएको हो।

लिगका तीन खेल खेलिसक्दा हिमालयनको यो दोस्रो जित हो भने जावलाखेलको यो लगातार तेस्रो हार हो । हल्चोकस्थित एपीएफ क्लबको खेल मैदानमा सम्पन्न खेलमा दुबै गोल खेलको दोस्रो हाफमा भएको थियो । हिमालयनको जितका लागि दुबै गोल किरण लिम्बुले गरे।

उनले खेलको ६५ औं मिनेटमा गोल गर्दै हिमालउयनलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेट नबित्द पुनः लिम्बुले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे।

तर, खेलको ८६ औं मिनेटमा वानला खेलले एक आत्मघाति गोल उपहार पाएको थियो । आत्मघाति गोल हिमालयनका आशिष गुरुङले गरेका थिए । लिगको सुरुवाती तीनवटै खेलमा जावलाखेल अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन।

पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० ले पराजित हुँदा दोस्रो खेलमा संकटासँग २-० ले पराजित भएको थियो। हिमालयन शेर्पा भने पहिलो खेलमा विभागीय टोली एपीएफसँग बराबरी खेल्दै अंक बाँड्दा दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १-० ले हराएको थियो।

तीन खेल पछि हिमालयन शेर्पाको ७ अंक पुगेको छ भने जावलाखेल अंक विहिन छ । समान तीन खेल खेलेको मनाङ ९ अंक सहित लिग अंक तालिकाको शिर्ष स्थानमा छ भने समान खेलमा समान अंक सहित संकटा गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.