एसिया प्यासिफिक सम्मेलनको आयोजक सरकार होइन: मन्त्री ज्ञवाली

रिपोर्ट नेपाल | 2018 Nov 30 | 08:44 am 1429

काठमाडाै‌ं, मंसिर १४ : आज शुक्रबारदेखि काठकमाडौंमा शुरु हुने एसिया प्यासिफिक सम्मेलनको आयोजक सरकार भएको आलोचना भइरहेको बेला नेपाल सरकार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खण्डन गरेका छन् ।

शुक्रबार बिहान रिपोर्ट नेपालसँग कुरा गर्दै मन्त्री ज्ञवालीले आयोजकको विषयमा कुरै नबुझि जुन भ्रम फैलाउने काम गरियो त्यो भ्रामक र गलत भएको बताए । कार्यक्रम कोरियास्थित अन्तराष्ट्रिय संस्था युनिभर्सल पिस फेडेरेसन(यूपीएफ)को नेपाल च्याप्टर, एसियाली पोलिटिकल पार्टी र शान्तिका लागि अन्तराष्ट्रिय सांसद संस्था यो कार्यक्रमको आयोजक भएको मन्त्री ज्ञवालीको भनाई रहेको छ ।

नेपालमा सबै भन्दा बढी पाहुना आउनु गर्वको विषय भएको जनाउँदै विदेशी पाहुनालाई अतिथ्यता प्रदान गर्नु र सुरक्षा व्यवस्थापन गर्नु सरकारको कर्तव्य र दायित्व भएको मन्त्री ज्ञवालीको भनाई रहेको छ । कार्यक्रमको औचित्य र फाइदाको विषयमा राखिएको जिज्ञासामा मन्त्री ज्ञवालीले यो कार्यक्रमले नेपाल देशलाई चिनाउन ठूलो मद्दत पुगेको छ ।

नेपालले हासिल गरेको शान्ति र समावेशी संविधानका विषयमा प्रष्ट्याउँने मौका मिलेको कुरा पनि ज्ञवालीको भनाई रहेको छ । कार्यक्रममा आएका दुई जना बाहेक अन्य कुनै पनि देशका पाहुनालाई सरकारले आमन्त्रण नगरेको पनि ज्ञवालीको भनाई रहेको छ । सरकारले आमन्त्रण गरेको पाहुनामध्ये म्यानमारकी नेतृ आङ साङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन सरकारको आमन्त्रणमा आएका पाहुना भएकोले विशेष सुरक्षा प्रबन्ध मिलाएको ज्ञवालीको भनाई रहेको छ ।

कोरियाका क्रिश्चियन धर्मका नेता सन म्युङ मुनले गठन गरेको यूपीएफ नेपाल च्याप्टर आयोजक रहेको कार्यक्रमको मुल उद्देश्य क्रिश्चियन धर्मको प्रचार भएको पनि भनिन्छ नि भनेर राखिएको जिज्ञासामा यो कुरा पनि पुरै भ्रम भएको ज्ञवालीले बताए । कार्यक्रममा भाग लिन भारतबाट कट्टर हिन्दु पाकिस्तानबाट मुस्लीम कैयौं देशबाट बौद्धिष्ट आउनु भएको छ । कार्यक्रम बारे बुझ्दै नबुझी भ्रम फैलाउने दुःखद् भएको मन्त्री ज्ञवालीको भनाई रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.