एसिया कप क्रिकेट: भारत र पाकिस्तानबिच आज भिडन्त हुँदै

| 2023 Sep 10 | 01:27 pm 1997

काठमाडाैं, भदाै २४ ।  एसिया कप क्रिकेट अन्तर्गत आज चिरप्रतिद्वन्दी भारत र पाकिस्तानबिच आज खेल हुँदैछ।

समुह ए बाट सुपरफोरमा पुगेका भारत र पाकिस्तानको खेल श्रीलङ्काको कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ। समूह बी बाट श्रीलङ्का र बङ्गलादेश सुपरफोरमा  पुगेका थिए । सुपरफोरमा बङ्गलादेशले दुई वटा खेल खेलिसक्यो। उसले दुवै खेलमा पराजित भोगेको छ।

समूह चरणमा भारत र पाकिस्तानको खेल वर्षाको कारण पुरा हुन नसक्दा बराबरीमा सकिएको थियो। सुपर फोरको पहिलो खेलमा पाकिस्तानले  बङ्गलादेशलाई पराजित गरी सुखद सुरुआत गरेको छ। भारतको भने यो सुपर फोरको पहिलो खेल हो।

यसै विच भारतविरुद्ध खेल्ने पाकिस्तानको प्लेईङ ११ घोषणा भइसकेको छ। बाबर अजामको कप्तानीमा प्लेईङ ११ को घोषणा भएको हो।

पाकिस्तानको प्लेईङ ११ 

बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, फहिम असरफ, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह

भारतले प्लेइङ ११ घोषणा गरिसकेको छैन तथापी  निम्न खेलाडी प्लेइङ ११ मा पर्न सक्नेछन्:

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयष ऐय्यर, ईशान किसन (विकेटकिपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदिप यादव, मोहम्मद शमी/जसप्रित बुमराह र मोहम्मद सिराज

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.