काठमाडाैं, साउन १३ । १९ औं एशियाली खेलकुद (एशियाड) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय खेलकुद परिषद् राखेपलाई १५ सदस्यीय टोलीकाे नाम पठाएको हो ।
राष्ट्रिय टोलीमा खेलाडी विनोद भण्डारी, अभिनाष बोहरा र विवेक यादव लामाे समयपछि राष्ट्रिय टोलीमा अटाएका छन् । आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने टिममा अटाउन सकेनन् ।
१९ औं एशियन गेम्स आगामी असोज ६ देखि २१ गतेसम्म चिनमा हुँदैछ ।
नेपालको टोलीको नामावली यसप्रकार रहेको छ:
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि।सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी