एसियन गेम्स क्रिकेटः नेपाल झिनो रनले भारतसँग पराजित

| 2023 Oct 03 | 11:20 am 2057

काठमाडाैं,  असोज १६ । गत असोज ६ गते देखि चिनको हाङझाउमा शुरु भएको एशियन गेम्स अन्तर्गतको पुरुष क्रिकेटमा भारतले नेपाललाई पराजित गरेको छ ।

आज भएको पहिलो क्वार्टरफाइनल खेलमा नेपाललाई मात्र २३ रनले  पराजित गर्दै भारतले जित हासिल गरेको हो ।  जितसँगै भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको थियो। तर, नेपालले निर्धारित ओभर खेल्दै ९ विकेट गुमाएर १७९ रन मात्रै बनाउन सक्यो।

भारतजस्तो दशकाै देखि क्रिकेट खेलमा अर्बाै लगानी गरेर उत्पादन भएका खेलाडीका सामु भरखर बामे सर्दै गरेका नेपाली खेलाडीहरुले उनीहरुसँग भिडन पाउनु कुरालाई नै आम नेपालीले नेपालको जित भएको महसुस गरेका छन् । नेपालका लाखाैं क्रिकेट पारखीहरुले खेलाडीहरुलाई उच्च मनोबल बनाएर स्वदेश फर्कन आग्रह गरेका छन् ।

राज्यको खेलकुदप्रतिको अर्घेल्याइका बीच नेपाली खेलाडीले भारतजस्तो शक्तिशाली र आर्थिक रुपले सम्पन्नशाली देशका खेलाडीसँग भिडनका लागि खेल मैदान टेक्नुनै नेपालका लागि जित सरह भएको  छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.