एसओएस विराटनगरद्वारा विभिन्न कार्यक्रम आयोजना गरी एसओएस दिवस मनाउँदै

| 2019 Jun 22 | 06:34 pm 3088

मोरङ, असार ७: एसओएस बालग्राम ईन्टरनेसनलको ७० औ स्थापना दिवस तथा एसओएसका सस्थापक पिता प्रोडा हर्मन माइनर को १००औं जन्म जयन्तीको अवसरमा एसओएस बालग्राम नेपाल ले विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहेको छ ।

यसै अन्तरगत एसओएस युवालय विराटनगरले पनि सप्ताहब्यापी रुपमा विद्यालय केन्द्रीत सामुदायिक सेवा कार्यक्रम रक्तदान, शान्ती र्याली, सामुदायिक सरकारी विद्यालयमा बाल संरक्षण सम्वन्धी अभिमुखीकारण कार्यक्रम, आन्तरिक खेलकुद लगायतका कार्यक्रम एसओएस युवालय विराटनगरका प्रमुख श्री प्रणिता बस्नेतको नेतृत्वमा मनार्इ रहेको छ ।

उक्त एसओएस दिवसको समापन यहि जुन २३ असार ८ गते हुने जानकारी एसओएस युवालयका प्रतिनिधि श्री अर्जुन कुमार अर्यालले बताएका छन्। एसओएस बालग्राम नेपाल को उदेश्य परिवार बिहिन असाहय बालबालिकाहरुलाई पारिवारिक वातावरणमा लालन पालन हेरचाह साथै शिक्षा स्वास्थ सीप प्रदान गरी आत्म निर्भर बनाइ सक्षम नागरिकको रुपमा समाजमा पुनरस्थापना गर्ने रहेको छ ।

नेपालमा आफ्नो प्राकृतिक परिवार गुमाउन बाध्य हजारौ बालबालिकाहरुलाई एसओएस बालग्रामले संरक्षकत्व प्रदान गरिरहेको छ । एसओएस बालग्रामको संरक्षणमा हुर्की युवा अवस्थामा पुगे पछि उच्च शिक्षा सीप मुलक तालिम प्रदान सबल सक्षम आत्मनिर्भर नागरिक बनाइ समाजमा स्थापना गराउने कार्यमा एसओएस युवालय विराटनगर जुटिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.