एसएसपी सौरभ राणा रिहा

रिपोर्ट नेपाल | 2020 Feb 15 | 09:44 am 3279

सुनसरी, फागुन ३: जबरजस्ती करणीको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा रिहा भएका छन् । सरकारी वकिल कार्यालय सुनसरीले उनलाई शुक्रबार हाजिरी जमानीमा रिहा गरेको हो ।

राणाविरुद्धको जाहेरी र मिसिल संलग्न प्रमाणहरुले उनीमाथि मुद्धा चलाउनु पर्ने अवस्था नरहेको आदेश जारी गरेको छ ।

गृह मन्त्रालयमा इटहरीकी एक महिलाले संघीय प्रहरी इकाइ धरानको प्रमुखको हैसियतमा रहेकै बेला राणाले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि उनी निलम्बनमा परेका थिए । यस्तै ती महिलाले साताअघि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पनि किटानी जाहेरी दिएकी थिइन् ।

उजुरीपछि राणाले जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्पण गरेका थिए । त्यसपछि गत सोमबार राणालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।

पीडित महिलाले इटहरीको एक होटलमा लगेर राणाले आफूमाथि बलात्कार गरेको दावी गरेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.