काठमाडौं, वैशाख २५: आज बुधबार देखि काठमाडौंका प्रहरीको सेटमा नयाँ आवाजसहितको निर्देशन आउने भएको छ । हालै प्रहरी प्रधान कार्यालयको प्रवक्ताबाट महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मेवारी सम्हाल्न आएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले निर्देशन दिने छन्।
आज बुधबार काठमाडौं परिसरमा जिम्मेवारी लिने क्रममा सुवेदीले आफू मातहतका प्रहरी तथा सम्पूर्ण वृतका प्रहरी नायव उपरीक्षकहरूलाई निर्देशन समेत दिइ सकेका छन् । परिसरमा एसएसपी वसन्त लामाले सुवेदीलाई स्वागत गरेका थिए।