एसएसपी बोहराले सम्हाले काठमाडौं प्रहरी प्रमुखको कमाण्ड

रिपोर्ट नेपाल | 2022 Jul 07 | 05:19 pm 1857

काठमाडौं, असार २३ः प्रहरी वरिष्ठ उपरीक्षक भरत बहादुर बोहराले जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेका छन् ।

बिहिबार उनले कार्यालयमा हाजिर भएर जिम्मेवारी सम्हालेका हुन् । प्रहरी प्रधान कार्यालयस्थित प्रशासन महाशाखामा कार्यरत रहेका बोहरालाई गृह मन्त्रालयले बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा गरेको थियो ।

यसअघि काठमाडौं प्रहरी प्रमुखमा रहेका सुदिप गिरी डीआईजीमा बढुवा भएपछि बोहराले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.