एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै एसपी तिम्सिनाले दिए राजीनामा

| 2023 Apr 30 | 04:36 pm 1197

काठमाडाैं, बैशाख १७ः प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले राजीनामा दिएका छन्। एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै उनले आइतबार राजीनामा दिने घोषणा गरेका हुन्।

२५ वर्षे सेवा पूरा हुन ४९ दिन बाँकी छँदा तिम्सिनाले राजीनामा दिएका हुन्। उनी २०५६ साल असार ३ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।

‘मैले लगभग २५ वर्ष नेपाल प्रहरीजस्तो जनस्तरसम्म जोडिएको पवित्र संस्थाबाट राजीनामा दिएर अलगिने निर्णय गरेको छु,’ उनले भनेका छन्।

उनले नेपाल प्रहरीका क्षमतावान, उत्कृष्ट राष्ट्रसेवक कर्मचारीहरू कहिलेसम्म भेदभाव, असमानता र अन्यायबाट मुक्त हुने भन्ने प्रश्नसमेत गरेका छन्। कानूनले नचिनेका शक्ति केन्द्र धाउने क्रम अन्त्य हुनुपर्ने उनको भनाइ छ।

‘अन्यायको शिकार भएका यी तीन दिन र रातहरूमा मैले अन्यायलाई चुपचाप सहनु भनेको अन्यायलाई र अन्यायी प्रवृत्तिलाई थप मलजल र जगेर्ना गर्नु हो भन्ने गहिरिएर मनन गरेको छु,’ उनले भने, ‘प्रहरी संगठनमा म आफैँ अन्यायमा परेँ।’

गत वैशाख १५ गते १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गर्दा तिम्सिना छुटेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.