एसएसपी दिवेश लोहनी र एसपी विकास खनालको निलम्वन फुकुवा

| 2018 Oct 03 | 06:22 pm 10082

काठमाडौँ, असोज १७ : ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा मुछिएका दुई प्रहरी अधिकृतको निलम्वन फुकुवा भएको छ । गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार उच्च अदालतले विराटनगरबाट साधारण तारेखमा रिहा भएका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्वन फुकुवा गर्ने निर्णय भएको हो ।

‘अदालतबाट साधारण तारेखमा छुटिसकेपछि उनीहरुकोे कानुनीरुपमै निलम्वन हटिसकेको छ’, सुवेदीले भने, ‘अदालतले तत्कालका लागि दोषी नदेखी साधारण तारेखमा रिहा गरिसकेकाले निलम्वन फुकुवाको निर्णय भएको हो ।

उच्च अदालत विराटनगरले गत साता पुर्पक्षका क्रममा कारागारमा रहेका एसएसपी लोहनी, एसपी खनाल र डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका उनीहरुविरुद्ध उचित प्रमाण र साक्षी नभेटिएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.