काठमाडौँ, भदाै १३ । झण्डै डेढ महिना देखि बहुचर्चित बनेको विमानस्थल नजिकबाट बरामद गरिएको ६० किलो सुनबारे थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ उपरीक्षक दिनेश आचार्य हङकङ पुगेका छन् ।
वरिष्ठ उपरीक्षक आचार्यलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा सिआइबीले सत्यतथ्य बुझ्नका लागि हङकङ पठाएको हो ।
हङकङबाट तस्करी गरेर ल्याएको भनिएको ६० किलो सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरी विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो ।