एसईईकाे नतिजा प्रकाशनकालागि अन्तिम तयारी

| 2019 Jun 26 | 06:58 am 3123

काठमाडौं, असार ११:  विद्यार्थीहरूकाे फलामे ढेका मानिने माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनकालागि अन्तिम तयारी भइरहेको जनाइएकाे छ । नतिजा प्रकाशनकालागि सम्पूर्ण तयारी सकिएको र पुनः परीक्षणको काम भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको हो ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार बुधबारका राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने र बोर्डले निर्णय गरे विहीबारसम्ममा नतिजा प्रकाशन हुनेछ । विगतमा जेठ मसान्तदेखि असार एक/दुई गतेभित्रै एसइईको नतिजा प्रकाशन हुने गरेपनि बोर्डले यसपटक एक साता ढिला गरी नतिजा प्रकाशन गर्न लागेको परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे हो ।

यसवर्ष सातै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय छन् । यीमध्ये सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी छन् ।

यसपटक प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नु परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.