एसइइ दिने छात्रालाई बलात्कार गरेर शिक्षक फरार

| 2023 Apr 05 | 06:20 pm 1405

दाङ, चैत२२ः पश्चिम दाङमा एसइइ दिने छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षक फरार भएको प्रहरीले जानकारी दिएको छ । शान्तिनगर गाउँपालिका–७ धनौरीमा रहेको शिवशक्ति माध्यामिक विद्यालयका शिक्षक ३५ वर्षका खुमानन्द पौडेल बालात्कार पछि भागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

विद्यालयमा होस्टेल बसेकी १६ वर्षकी छात्रालाई आरोपित शिक्षकले सोमबार राति बोलाएर बलात्कार गरेपछि घटना सार्वजनिक भएको को । शिक्षक पौडेलका विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी परेपछि प्रहरीले खोजी कार्य तिब्र पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.