एशिया कप : भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य

| 2023 Oct 03 | 08:46 am 1497

काठमाडाैं, असोज १६ । १९औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारतले नेपाललाई २ सय ३  रनको लक्ष्य दिएको छ ।

टस टिजेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २ सय २  रन बनाएको हो ।

भारतको तर्फबाट यशस्वी जैसवालले सय रनको उत्कृष्ट पारी खेलेका थिए  । उनले ४९ बलमा आठ चौका र सात छक्का जोडेर सय रन बनाए। आइपीएलका चर्चित खेलाडी रिन्कु सिंहले अविजित ३७, कप्तान रुतुराज गायकवाडले २५ र शिवम् दुवेले अविजित २५ रन बनाएका थिए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए भने सोमपाल कामी, सन्दीप लामिछाने एक एक विकेट लिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.